Logo
Logo

हेटौडा-काठमाडौं जोड्ने कान्ति लोकपथ अवरूद्ध


945
Shares

हेटौडा । हेटौडा–काठमाडौं जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ । गएरातिको वर्षाले बागमती खोलाको डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ स्थित दुई जिल्लाको सिमाना रहेको बागमती खोलामा बनाइएको डाइभर्सनबाट सवारी साधन आवत–जावत गर्दै आएका थिए ।

डाइभर्सन बगाएपछि सडक सवारी आवतजावत अवरूद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ । डाइभर्सन बगाएको स्थानमा प्रहरी टोली पुगेर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्