
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम आज ल्याउँदैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले आज बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।
प्रदेश प्रमुख घर्ती मगरले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायत नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको छ ।
सरकारले अघि बढाएका तर, सम्पन्न हुन नसकेका योजनाहरुलाई सम्पन्न गर्ने, जनताको जीवनस्तर सुधार्न ति योजनाहरुलाई अनिवार्य जोड्ने, स्थानीय उत्पादन बृद्धि गर्ने, अर्गानिक खेति प्रणालीको विकास गर्ने लगायतका बिषयहरुलाई प्राथमिकतामा राखेको छ ।














