Logo
Logo

लुक्ला उडेको समिट एयरको जहाज बीचबाटै काठमाडौं फर्कियो


1.4k
Shares

काठमाडौं । काठमाडौंबाट लुक्ला जाँदै गरेको समिट एयरको जहाज काठमाडौंमै फर्किएको छ ।

आज बिहान ६ः१२ बजे काठमाडौंबाट उडेको ट्वीनअटर जहाज रामेछाप पुग्दा एउटा इन्जिनमा समस्या देखिएपछि काठमाडौं फर्किएको हो । सो जहाजलाई आकस्मिक अवतरण गराइएको छ ।

उक्त जहाजलाई बिहान ७ः२४ बजे विमानस्थलमा आकस्मिक अवतरण गराइएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेपाले जानकारी दिए ।

जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु थिए । यात्रुहरू सबै सुरक्षित रहेका छन् । जहाजलाई आकस्मिक अवतरण गराउनका लागि काठमाडौंको विमानस्थलमा अन्य उडान–अवतरण केहीबेर रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्