
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो जिल्ला अधिवेशन आगामी असोज मसान्तसम्म सक्ने निर्णय गरेको छ ।आइतबार बसेको राप्रपा केन्द्रिय कार्यसम्पादनको बैठकले पूर्वनिर्धारित जिल्ला अधिवेशन असोज मसन्तासम्ममा सक्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले जेठ १५ गते काठमाडौंमा हुने आन्दोलनमा उपत्यका बाहिरका जिल्लाहरुलाई पनि सहभागि गराउने निर्णय गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्तिमा सात दिनका लागि उपत्यका बाहिरका जिल्ला कार्यकर्ताहरुलाई पनि बोलाउने निर्णय भएको जानकारी दिए ।














