Logo
Logo

एकतर्फी खुल्यो कान्ति लोकपथ


189
Shares

काठमाडौं । गएरातिदेखि अवरुद्ध हेटौंडा र काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्ड एकतर्फी खुलेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो ।

बगुवास्थितमा निर्णाधिन पुलबाट साना सवारीसाधन कार, जिप, स्कारपियो र मोटरसाइकललाई एकतर्फी आवजजावतको व्यवस्था मिलाइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

यस्तै ठुला सवारी साधनलाई डाईभर्सन बाटो नबनुन्जेलसम्मका लागि आवतजावतमा रोक लगाइएको छ । गए रातिदेखि परेको पानीले डाइभर्सनका लागि प्रयोग भएका ह्युमपाइपहरू बगाएको थियो ।

बगुवा खोलास्थित बागमती पुलको एक भाग गत असोजमा आएको भीषण बाढीले बगाएको थियो। पुलको मर्मत कार्यका लागि खोलामा डाईभर्सन बनाएर आवतजावत भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्