Logo
Logo

तिलगाउँका ३२ जना त्रासमा छन्, तत्काल उद्धार गरियोस् : सांसद लामा


441
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा (भोटे)ले हिमााली क्षेत्रका सबै ताल जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भोटेले हुम्ला लगायत हिमााली क्षेत्रका सबै ताल जोखिममा रहेको भन्दै विपाद् रोकथामका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

गत जेठ १ गते तिलगाउँमा हिमताल फुट्दा व्यापक क्षति भएकोबारे संसदलाई जानकारी गराउँदै उनले ताल फुटेर ५ वटा काठे पुल र सिँचाइ प्रणालीमा क्षति पु¥याएको बताए ।

‘हिमालपारीको जिल्ला भनेर चिनिने हुम्लाको तिला गाउँमा यही जेठ १ गते हिमताल फुटेर गाउँ पुरै तहसनहस बनाएको छ,’ लामाले भने, ‘करिब ४ हजार ७ मिटर उचाइँको ताल फुटेर त्यहाँको जनधनको क्षति पुगेको छ ।’

साथै उनले १८ घरपरिवारको ३२ जना त्रसित अवस्थामा रहेको पनि सुनाए । ‘काठको पुल ५ वटा बगाएको छ । चार, पाँच सय रोपनीमा लाग्ने सिँचाइ कुलो क्षति पुगेको छ । १५ किलोवाटको विद्युत पनि क्षति पारेको छ,’ उनले भने, ‘१८ घरपरिवारको ३२ जना हाल नजिककै त्रिपाल लगाएर बसेको छन् । २१ जना महिना, ९ जना पुरुष र २ जना बालक छन्। उनीहरु निकै अप्ठ्यारो र त्रसित अवस्थामा बसेका छन्। तत्काल उद्धार गरियोस् ।’

प्रतिक्रिया दिनुहोस्