Logo
Logo

प्रहरीले झापाबाट नियन्त्रणमा लियो तीन भारतीय कन्टेनर


756
Shares

काठमाडौं । प्रहरीले भन्सार छली नेपाल भित्र्याएको सामान सहित झापाबाट तीन वटा भारतीय कन्टेनर नियन्त्रणमा लिएको छ ।

प्रहरीले आइतबार राति बिर्तामोड नगरपालिका–५ बाट एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एन ७४८६ नम्बरको तीन वटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको हो ।

ती कन्टेनरबाट तीन करोड ६१ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका इन्स्पेक्टर प्रविण श्रेष्ठले जानकारी दिए ।

भन्सार छली नेपाल आएका कन्टेनरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्