Logo
Logo

चीनले अमेरिका, इयु, र जापानबाट आयात हुने प्लास्टिकमा ७५ प्रतिशत शुल्क लगायो


315
Shares

काठमाडौं । चीनको वाणिज्य मन्त्रालयले डम्पिङमाथि अनुसन्धानपछि अमेरिका, युरोपेली सङ्घ (इयु), ताइवान र जापानबाट आयात हुने प्लास्टिकमा ७५ प्रतिशतसम्म शुल्क लगाएको छ । यो शुल्क सोमबारदेखि लागू भएको मन्त्रालयले जनाएको छ ।

नयाँ शुल्कले कारका पार्ट्स, मेडिकल उपकरण र घरेलु उपकरणमा प्रयोग हुने पोलिफर्मल्डिहाइड कोपोलिमर प्लास्टिकको आयातलाई लक्षित गरेको छ । मन्त्रालयका अनुसार, शुल्क दर ३.८ प्रतिशतदेखि ७४.९ प्रतिशतसम्म हुनेछ ।

यो कदम अमेरिका र चीनबीच व्यापक कर कटौती भएको केही दिनपछि आएको हो । विश्व बजार र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा प्रभाव पार्ने व्यापार युद्धमा ९० दिनका लागि अस्थायी रूपमा तनाव कम गरिएको थियो ।

चीनले व्यापार विवाद भएका देशहरूमाथि बारम्बार एन्टी–डम्पिङ अनुसन्धान गर्दै आएको छ । गत अप्रिलमा फ्रान्सको कोग्नाक उद्योगलाई प्रभावित पार्दै इयुबाट आयात हुने ब्रान्डीमा पनि एन्टी–डम्पिङ लागू गरेको थियो । यो शुल्कले अन्तर्राष्ट्रिय व्यापारमा थप तनाव सिर्जना गर्ने र विश्व बजारमा प्रभाव पार्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्