Logo
Logo

कालिकोटमा पहिरो : एकको मृत्यु, ८ जना वेपत्ता


- दृष्टि न्युज/संवाददाता


कालिकोट, १४ साउन । कालीकोटको नरहरीनाथ गाउँपालिका- ७ बागामा पहिरोमा परी एकै परिवारका ६ जना बेपत्ता भएका छन् । गएराती पहिरो जाँदा सो ठाउँका ६२ वर्षीय गंगे बुढाको घरमा पुरिएर ६ जना वेपत्ता भएका छन् भने एकजना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ ।
बेपत्ता हुनेमा गंगेसहित उनकी श्रीमती ६२ वर्षीया मैना बुढा, २४ वर्षीया बुहारी उषा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, नातीहरु ७ वर्षीय राम बुढा र डेढ वर्षीय चरित्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
पहिरोमा परेर गम्भीर घाइते भएकी १८ वर्षीया विमला बुढाको उपचारका क्रममा मृत्यु भएको कालिकोट जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
यस्तै नरहरीनाथ गाउँपालिका ४ गोठीमा पहिरो जाँदा बले बुढाको घर पुरिएको छ । बले बुढा र उनकी श्रीमती पहिरोमा बेपत्ता भएका छन् । मंगलबार बिहान रास्कोट नगरपालिका–१, बडलतोलामा गंगे खहरे खोलाको बाढीले बगाएर वेपत्ता भएका पाँचजनाको शव अझै भेटिएको छैन । उनीहरुको खोजीका लागि कालिकोटबाट थप प्रहरीको टोली घटनास्थल पठाइएको डीएसपी ओलियाको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्