Logo
Logo

२०८४ मा एमालेले एक्लै बहुमत ल्याउँछ : ओली


882
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०८४ को आम निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत हासिल गर्ने बताएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यो लक्ष्य कठिन भए पनि एमालेका लागि पूर्णरूपमा सम्भव भएको बताए ।

The current image has no alternative text. The file name is: kpoli.gif

“हामीले मिसन ०८४ को लक्ष्य लिएका छौँ । एकल बहुमत हासिल गर्ने उद्देश्य राखेका छौँ। यो असम्भव होइन, बिलकुल सम्भव छ,” ओलीले भने । उनले वर्तमान समानुपातिक निर्वाचन प्रणालीले सामान्यतया कुनै पनि पार्टीलाई स्पष्ट बहुमत ल्याउन नदिने भए पनि एमालेले धेरै सिट जितेर यो प्रणालीभित्रै बहुमत हासिल गर्न सक्ने जिकिर गरे ।

प्रधानमन्त्री ओलीले समानुपातिक प्रणालीले ‘हङ पार्लियामेन्ट’ निम्त्याउने भए पनि यो प्रणालीभित्रै बसेर बहुमत ल्याउने चुनौतीलाई एमालेले स्वीकार गरेको बताए । “यो प्रणाली हामीले चुनिसकेका छौँ । अहिले यही प्रणाली कायम रहन्छ। यसैभित्र हामीले बहुमत ल्याउनुपर्छ। यो चुनौतीपूर्ण र कष्टसाध्य छ, तर एमालेका लागि सम्भव छ,” उनले भने ।

आफ्नो पार्टी आन्दोलनबाट खारिएर आएको उल्लेख गर्दै ओलीले नेता–कार्यकर्तालाई सोहीअनुसार तयारीमा जुट्न निर्देशन दिए । उनले एकल बहुमतको लक्ष्य प्राप्तिका लागि पार्टीले रणनीतिक रूपमा अघि बढिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्