Logo
Logo

लघुवित्त कम्पनीहरूको नाफा र खराब कर्जा दुवै वृद्धि


378
Shares

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्त कम्पनीहरूको खुद नाफा ३५ प्रतिशतले बढे पनि खराब कर्जा १३.५१ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा सूचीकृत ५० लघुवित्तको औसत खराब कर्जा ७.२६ प्रतिशत पुगेको छ, जुन गत वर्ष ६.४ प्रतिशत थियो ।

नाडेप लघुवित्तको खराब कर्जा २२.१४ प्रतिशत र नेष्डो समृद्धिको २०.९० प्रतिशत छ । जबकि सपोर्ट र महिला लघुवित्तको २ प्रतिशतभन्दा कम छ ।

प्रति सेयर आम्दानीमा सुधार देखिए पनि वितरणयोग्य प्रति सेयर आम्दानीमा खासै प्रभाव परेको छैन । १३ लघुवित्तको वितरणयोग्य आम्दानी ऋणात्मक रहेको छ । जसले, लाभांश वितरणमा चुनौती देखाउँछ । छिमेकी लघुवित्तको वितरणयोग्य आम्दानी ५७.२६ रुपैयाँसहित शीर्ष स्थानमा छ। नेटवर्थमा आत्मनिर्भर लघुवित्त ३५५.३० रुपैयाँसहित अगाडि छ ।

प्रतिक्रिया दिनुहोस्