Logo
Logo

पार्टीभित्र उकुसमुकुस, असन्तुष्टि र छटपटाहट छ : गगन थापा


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको रहेको बताएका छन् ।  बीपी कोइरालाको जीवनकथामा आधारित पुस्तक ‘सान्दाजु’को लोकार्पण समारोहलाई सम्बोधन गर्ने क्रममा उनले पार्टीमा यस्तो अवस्था रहेको बताएका हुन् । 

“नेपाली कांग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट छ, तर यहीँभित्र एउटा अवसर पनि छ,” महामन्त्री थापाले भने । उनले लामो समयदेखि पार्टीमा प्राविधिक र नोकरशाही कुरा हुँदै आए पनि पछिल्लो घटनाक्रमले फरक अनुभव गराएको उल्लेख गरे ।

थापाले कांग्रेसले चुनाव जितेर देशको ठुलो पार्टी बनेको, सबैतिर सरकारमा रहेको र वर्तमान तथा भावी प्रधानमन्त्रीसमेत कांग्रेसकै हुने अवस्था रहेको बताए । “गभर्नर हाम्रो, सबैतिर हाम्रो। यस्तो बेलामा कांग्रेस खुसी हुनुपर्ने हो, तर किन खुसी छैनरु यसले हामीले खोजेको यो होइन भन्ने देखायो,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्