Logo
Logo

अझै तीन दिन पानी पर्ने


3.8k
Shares

काठमाडौं । अझै तीन दिन देशका विभिन्न ठाउँमा वर्षा हुने सम्भावना रहेको छ । 

जल तथा मौसम पूर्वमानमा महाशाखाको अनुसार देशमा  पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ । 

अहिले पनि देशका धेरैजसो ठाउँमा हल्कादेखि भारी वर्षा हुनुका साथै हुरी र चट्याङ परिरहेको महाशाखाले जनाएको छ । 

देशका केही ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस बेला मनसुनकै जसरी नियमित पानी परिरहेकोले निर्माण व्यवसायीका लागि चुनौतीपूर्ण हुने विज्ञहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्