काठमाडौं । सर्वोच्च अदालतले राप्रपा नेता खुश्बु ओलीलाई चेक अनादरको मुद्दामा दोषी ठहर गर्ने उच्च अदालत पाटनको फैसला उल्टाएको छ । यो फैसलासँग ओलीले चेक अनादरको आरोपबाट खुश्बु ओलीले सफाइ पाएकी छन् ।

न्यायाधीशहरू डा.कुमार चुडाल र अब्दुल अजीज मुसलमानको इजलासले उच्च अदालत पाटनको फैसला खारेज गरेको हो । राप्रपा नेता ओली चेक अनादरको आरोपमा ३ महिना कैद सजाय भएको थियो भने उनी विरुद्ध ३ हजार जरिवानाको फैसला भएको थियो । मुद्दा दायर गर्ने व्यक्तिले नै आफूले रकम पाएको भनी स्वीकार गरेपछि ओलीलाई दोषी ठहर गर्ने निर्णय खारेज भएको हो ।














