काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानार्थ साम्बा चोक स्थापना गरिएको छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ खुदीबजार चोकलाई साम्बा चोक नामकरण गरी साम्बा स्तम्भ निर्माण गरिएको छ । साम्बा स्तम्भको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरेका छन् ।
नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चित फुटबल खेलाडी बन्न पुगेकी छिन् । अहिले उनी फ्रान्सको क्लबबाट व्यावसायिक फुटबल खेलिरहेकी छिन् ।
कार्यक्रममा भण्डारीका आमाबुबालाई पनि सम्मान गरिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।














