Logo
Logo

पहिरामा पुरिएर आमा-छोरीको मृत्यु


- दृष्टि न्युज/संवाददाता


दाङ, १४ साउन । पहिराले पुरिएर आमाछोरीको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका–५ साकिने भन्ने स्थानमा बुधबार बिहान करीब ३ः०० बजे घरमाथिबाट खसेको पहिराले घर पुरिँदा उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।
घरमाथि बाट खसेको पहिराले पुर्दा साकिनेकी २४ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुष्माको मृत्यु भएको गाउँपालिका अध्यक्ष वलीले पुष्टि गरेका छन् । घरमा रहेका पाँच जनामध्ये अन्य तीन जना भने सकुशल छन् । सो घरमा मृतक बाटुकीका सासूससुरा र जेठाजु बस्दै आएका थिए । मृतकका श्रीमानको केही समयअघि मृत्यु भइसकेको बताइएको छ ।
घोराही बजारबाट करीब ३७ किलोमिटर पूर्व उत्तरमा सो घटना भएको हो । बङ्गलाचुली गाउँपालिका पहाडी भेग भएकाले सो स्थानका अधिकांश बस्ती अहिले पनि पहिराको उच्च जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस्