Logo
Logo

ओलीप्रति बालेनको आक्रोश- भ्रष्टाचारी जोगाउने ‘नाइके’को कार्यक्रममा म गइदिनुपर्ने ?


12.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई‘भ्रष्टाचारीको आरोप लगाएका छन् ।

उनले फेसबुकमाफर्त प्रधानमन्त्री ओलीको करप्सन सिस्टमलाई मद्दत गर्न नसक्ने बताएका छन् । सोमबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा बालेन गएका थिएनन् । त्यहाँ प्रधानमन्त्री ओलीले उनलाई खोज्दै अब फेरि पनि नआए नाम काट्न भनेका थिए।

यसपछि बालेनले जवाफस्वरूप लेखेका छन्- ‘सरी, केपी ओली, आई डोन्ट सपोर्ट योर करप्सन सिस्टम ।’

आफूले भ्रष्टाचार रोक्छु भन्दा प्रधानमन्त्री ओली भ्रष्टाचारी जोगाउन लागिपरेको पनि बताएका छन् । उनले लेखेका छन्– ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ । त्यसको नाइकेको कार्यक्रममा म गइदिनुपर्ने ?’

प्रतिक्रिया दिनुहोस्