
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक, कर्मचारीका माग सम्बोधन नभए यसअघिको भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
महासंघले आज (मंगलबार) विज्ञप्तिमाार्फत विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न बनेको संसदीय उपसमितिले पेस गरेको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै राज्यपक्ष इमानदार नदेखिए फेरि सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो ।
विद्यालय शिक्षा विधेयक संशोधन गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत बनेको उपसमितिले पेस गरेको सुझाव तथा प्रतिवेदनले महासंघको आन्दोलन र विगतको सहमतिको सम्मान नगरेको महासंघको ठहर छ ।
‘राज्य पक्षमा आफूबाट हुनुपर्ने काममा आवश्यक इमानदारी र जिम्मेवारी बोध भएको देखिएको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनको मर्म र विगतका सहमति विर्सेर कतिपय सवालमा प्रतिवेदन प्रस्तावित विधेयकभन्दा पनि पश्चगमनतर्फ उन्मुख छ । अन्यथा नेपाली शिक्षक–कर्मचारी २०८१–८२ को भन्दा पनि ठूलो र बलियो आन्दोलन लिएर सडकमा आउने छन् भन्ने कुरा नबिर्सन सम्बन्धित सबैमा आग्रह गर्दछौँ ।’
महासंघले अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायी र करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा लगायत)का लागि प्रस्तावित आन्तरिक प्रतिस्पर्धाको प्रतिशत सहमतिबमोजिम नराखिएको जनाएको छ ।



