Logo
Logo

थाइल्याण्डसँग ७८ रनले हार्यो नेपाल


315
Shares

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा थाइल्याण्डसँग नेपाल ७८ रनले पराजित भएको छ । थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर रन मात्र बनाउन सक्यो ।

नेपाल र थाइल्यान्डले सुपर–३ को शीर्ष दुईमा रहदै विश्व छनोटमा स्थान पक्का गरिसकेका सकेका छन् । आजको जितसँगै थाइल्यान्ड एसिया छनोटको विजेता बनेको छ । नेपालका लागि कविता कुँवरले २४ रन, राजमति ऐरीले नटआउट २० रन र रुबिना क्षेत्रीले १२ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा थाइल्यान्डकी ओनिचाले ह्याट्रिकसहित ४ विकेट लिइन्। उनले १९औं ओभरमा रोमा थापा, इश्वरी विष्ट र रिया शर्मालाई लगातार आउट गरेर ह्याट्रिक पूरा गरिन्। मंगलबार विहान टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २ विकेटको क्षतिमा १५८ रन बनायो।

थाइल्यान्डका लागि ओपनर नतायाले अर्धशतक प्रहार गरिन्। उनले ५० रन बनाउने क्रममा ४२ बल खेलेर ५ चौका प्रहार गर्न सफल भइन्। अर्की ओपनर अपिसाराले २९ रन बनाउँदा ननापतले नटआउट ५० रनको जोडिन्।

बलिङमा नेपालका मनिषा उपाध्याय र राजमति ऐरीले १–१ विकेट लिए। यसअघि सोमबार सुपर–३ को खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गर्दै विश्वकपको विश्व छनोटमा स्थान पक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्