Logo
Logo

गभर्नर नियुक्ति गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


504
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । काँंग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

गभर्नर नियुक्ती गर्न दुई दलबिच सकस परेपछि सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । तर, आज ओली र देउवाबिच करिब एक घण्टा छलफल गरेपछि आजै साँझ साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

त्यस्तै लामो रस्साकस्सीपछि गभर्नर छनोट सिफारिश समितिको पनि बैठक आह्वान भएको छ । प्रधानमन्त्री ओली र देउवासँगको भेटमा सहभागी भएका अर्थमन्त्री विष्णु पौडेलले आज बस्नेगरी बैठक बोलाएका हुन् ।

अर्थमन्त्री पौडेल संयोजक रहेको समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।
समितिले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल, डेपुटी गभर्नर नीलम ढुंगाना तिमिल्सिनासहित ३ जनाको नाम गभर्नरमा सिफारिश गर्ने सम्भावना छ ।

सिफारिश समितिको बैठकपछि आजै साँझ मन्त्रिपरिषद् बैठक बसेर गभर्नर नियुक्त गर्न प्रधानमन्त्री ओली सहमत भएको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्