काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर छनोटका लागि सिफारिस समितिको बैठक आज मंगलबार बस्ने भएको छ । समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेलले बैठक आह्वान गरेको उनका सचिवालयले जनाएको छ ।

गत चैत ११ मा गठन भएको र दुईपटक पुनर्गठन गरिएको समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र विज्ञ सदस्य पोषराज पाण्डे छन् । समितिले तीन जनाको नाम सिफारिस गर्नेछ, जसमध्येबाट मन्त्रिपरिषद्को आज साँझ बस्ने बैठकले एक जनालाई गभर्नर नियुक्त गर्नेछ ।











