Logo
Logo

आजदेखि होटल, रेष्टुरेन्ट खुले


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ साउन ।
आजदेखि देशैभरी होटल तथा रेस्टुरेन्ट खुलेको छन् । सरकारको निर्णयअनुसार चार महिनापछि आजदेखि पर्यटन व्यवसाय खुलेको हाे ।
तर, सबै होटलहरु खुलेका छैनन् । खासगरी विदेशी पर्यटक बस्ने ठूला होटलहरु तत्काल नखुल्ने भएका छन् । आन्तरिक पर्यटक बस्ने होटलहरु भने सञ्चालनमा आएका छन् ।


रेस्टुरेन्टहरु भने यसअघिदेखि नै सञ्चालनमा आइसकेका छन् । स्वास्थ्य मापदण्ड लागू गरेर सरकारले आजदेखि होटल तथा रेस्टुरेन्टहरु खोल्न दिने निर्णय गरेको हो । सरकारले १५ साउनदेखि पर्यटन व्यवसाय सुचारु गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्