Logo
Logo

प्रतिनिधिसभा गणपूरक सङ्ख्या नपुगेपछि…


756
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक गणपूरक सङ्ख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित भएको छ ।  ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि छलफलका क्रममा यो समस्या देखिएको हो ।

The current image has no alternative text. The file name is: devraj-ghimire-samsad.jpg

सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेको मागपछि बैठक स्थगित गरेका हुन् । पाण्डेले संविधानको धारा ९४ अनुसार गणपूरक सङ्ख्या यकिन गर्न माग गरेका थिए । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक सङ्ख्याका लागि आवश्यक ६९ सांसदमध्ये ६५ जना मात्रै उपस्थित भएको पाइएपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरे ।

प्रतिक्रिया दिनुहोस्