Logo
Logo

सर्वोच्चद्धारा विश्व पौडेलविरुद्धको रिट दर्ता अस्वीकार, गभर्नर नियुक्तिको बाटो खुला


882
Shares

काठमाडौँ । सर्वोच्च अदालतले अर्थशास्त्री प्रा.डा. विश्व पौडेलविरुद्ध दायर रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने प्रशासनको आदेशलाई सदर गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त दरपीठ आदेशलाई मान्यता दिएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बताए ।

The current image has no alternative text. The file name is: rajinam.gif

यो निर्णयसँगै पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बाटो सरकारका लागि सहज भएको छ ।

यद्यपि, नियुक्तिपछि पौडेलको योग्यता र अन्य विषयमा प्रश्न उठाउँदै भविष्यमा रिट निवेदन दायर हुने सम्भावना कायमै छ । अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेललाई गभर्नर नियुक्त गर्न नहुने भन्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्