काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मङ्गलवार सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि आजका लागि उक्त रिट हेर्दाहेर्दैमा राखिएको हो ।
सहकारी ठगी प्रकरणमा रुपन्देही कारागारमा रहेका लामिछानेले पत्नी निकिता पौडेलमार्फत बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत बुटवलले भने पुर्पक्षका लागि थुनामा पठाएपछि उनले यसविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।














