काठमाडौं । मकवानपुरको हेटौंडामा जमिनमुनि दबिएको गाडीको पार्टपुर्जा फेला परेको छ ।
हेटौंडा उपमहानगरपालिका–१६ गैरीगाउँस्थित जमिनमुनि भासिएको १९ दिनपछि गाडीका पार्टपुर्जा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

वैशाख १९ गते ना ४ च ४८३३ नं। को माछा बोक्ने गाडी अचानक जमिनमुनि भासिएको थियो । तर खोजी गर्दा पनि फेला परेको थिएन ।
वैशाख २३ गते र जेठ २ गते भूगर्भ शास्त्र केन्द्रीय विभाग काठमाडौंको टोलीले अनुसन्धान गरेको थियो । माटोको परीक्षण गर्दा उक्त ठाउँमा सतर्कता अपनाएर उत्खनन् गर्न मिल्ने सुझाव दिएको थियो ।
उक्त सुझाव अनुसार स्थानीय जनप्रतिनिधिहरूले पनि क्रेन र स्काभेटरको सहयोगमा गाडी खोज्ने निर्णय लिएका थिए । खोजी गर्नेक्रममा गाडीका केही पार्टपुर्जा फेला परेका हुन् ।














