काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको हो । बैठकले राष्ट्र बैङ्कका अठारौँ गभर्नर नियुक्त गर्नेछ । मन्त्रीपरिषद् बैठक अघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले अर्थशास्त्री प्रा।डा। विश्वनाथ पौडेलसहित तीन जनालाई गभर्नरका लागि सिफारिस गरेको थियो ।

पौडेलको नाम एक नम्बरमा भएको र उनको नाममा सत्ता साझेदार कांग्रेस र एमालेबीच पनि सहमति भइसकेको छ । सिफारिस समितिले पौडेलसँगै डेपुटी गभर्नर निलम ढुङ्गाना र पूर्व सचिव दिनेश भट्टराईको नाम गभर्नरका लागि सिफारिस गरेको छ ।














