काठमाडौं । नेपाली कांग्रेसका नेता डा। मीनेन्द्र रिजालले आफू सबै पार्टी मिलेर एउटा कार्यक्रम बनाओस् भन्ने पक्षमा रहेको बताएका छन् । कांग्रेसको आर्थिक नीति तथा योजना विभागको कार्यक्रममा बोल्दै उनले विभिन्न पार्टीहरू सत्ताको स्वार्थमा मिलिरहेको बताए ।

उनले भने, ‘अहिले सबै मिल्नुपर्छ भन्ने कुरा आइरहेको छ । सबै मिल्ने भनेको नाश गर्ने भन्ने हो । सबै त मिलेकै छ त । ०७२ सालदेखि अहिलेसम्म तीन जना प्रधानमन्त्री पालैसँग भएकै छन् । त्यहाँ भन्दा कोको मिल्ने रु को-कोसँग मिलेको छैन । मिलिरहेका छौँ तीन जना प्रधानमन्त्रीमध्ये एउटा त मेरो पार्टीको सभापति पनि हुनुहुन्छ ।’














