Logo
Logo

निर्मला पन्त प्रकरणः आईजिपी र एआईजीले फसाएका प्रहरीलाई अदालतको सफाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ साउन ।
निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा अनुसन्धानमा आबद्ध प्रहरीविरुद्ध परेको मुद्दामा बिहीबार फैसला भएको छ । जिल्ला अदालत  कञ्चनपुरले आठै जना प्रहरीलाई सफाई दिएको छ ।


प्रमाण नष्ट गरेकोमा सेवाबाट हटाइएका कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, निलम्बित डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का, सइहरू रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध अनुसन्धानमा प्रमाण नष्ट गरेको भन्दै सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दा दायर भएको थियो । उनीहरुले सफाई पाएका छन् ।

उनीहरुमध्ये एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्सपेक्टर खड्कालाई भने दिलीपसिंह विष्टलाई यातना दिएर अपराध कबोल गर्न लगाइएकोमा यातनासम्बन्धी अर्काे मुद्दासमेत चलाइएकोमा यो मुद्दामा सफाई भएको छ ।
प्रमाण नष्ट गरेको पर्याप्त प्रमाण्न नभएपनि तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र एआईजी धिरु बस्नेतका कारण उनीहरु पीडित बनेका थिए । भिडको दबाबको आधारमा प्रहरी नेतृत्वले आफ्नै प्रहरीलाई मुद्दा चलाएको थियो । जून प्रहरी इतिहासकै खराब नजिर बनेको छ ।
निर्दाेष रहेका प्रहरीले सफाई पाएपछि अब अनुसन्धानको बाटो समेत खुलेको छ । अब दिलिपसिंह बिष्टलाई नै पक्राउ गरी मुद्दा चलाउन समेत बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्