Logo
Logo

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस


1.4k
Shares

काठमाडौं । नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको मंगलबार बसेको बैठकले रिक्त पदमा बढुवा गर्न एसएसपी सुदर्शन प्रसाद कोइरालासहित ११ जनाको नाम सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा कोइरालासहित विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जीसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्