Logo
Logo

साढे १९ हजार पुगे संक्रमित, उपत्यकामा ४५ जना थपिए


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ साउन । नेपालमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँ उपत्यकाकामा ४५ जना रहेको छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४१ तथा भक्तपुर र ललितपुरमा दुई/दुई जना गरी ४५ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ६ हजार ३०४ जनाको नमूना परीक्षण गर्दा २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । नेपालमा हालसम्म पीसीआर विधिबाट तीन लाख ६४ हजार ६४८ जनाको परीक्षण भएको छ ।
यस्तै, प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २२७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको संख्या १४ हजार २४८ पुगेको छ । उनका अनुसार १३ हजार १०२ जना क्वारेन्टिनमा र पाँच हजार २२७ जना आइसोलेशनमा रहेका छन् । मुलुकभर पाँच हजार २२७ सक्रिय संक्रमत छन् । कोरोना भाइरस संक्रमणबाट हालसम्म ५२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप तीन जना संक्रमितको मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्