
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त गभर्नर पौडेललाई पद तथा गोपनियताको शपथ गराएका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नरमा पौडेललाई नियुक्त गरेको थियो ।
सुस्त अर्थतन्त्रलाई गति प्रदान गर्ने तथा खराब कर्जाको चपेटामा परेको बैंकिङ क्षेत्रलाई सुरक्षित अवतरण गराउनु उनको मुख्य चुनौती हो । समग्र अर्थतन्त्रको इतिहासको ज्ञाताका रूपमा आफ्नो परिचय बनाएका पौडेल अब्बल युवा अर्थशास्त्री मानिन्छन् ।











