Logo
Logo

विमानस्थल अध्यागमन प्रमुखसहित ८ सुब्बा गृहमा तानिए


7.4k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराई जिम्मेवारीबाट हटाइएका छन् ।

गत असोज २१ गते विमानस्थल अध्यागमन कार्यालय प्रमुखका विमानस्थल अध्यागमन कार्यालयका प्रमुखमाा खटाइएका भट्टराईलाई गृहमन्त्री रमेश लेखकले ७ महिनामै जिम्मेवारीबाट हटाएका हुन् ।

गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालका अनुसार भट्टराईलाई मंगलबारै विमानस्थल अध्यागमन कार्यालयबाट हटाएर मन्त्रालय तानिएको छ ।

त्यस्तै त्यहाँ कार्यरत ८ सुब्बा पनि मन्त्रालय तानिएका छन् । यद्यपी उनीहरुलाई विमानस्थलबाट किन हटाइयो भन्नेबारे मन्त्रालयले केहि खुलाएको छैन ।

त्यस्तै भट्टराईको स्थानमा अहिले पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालालाई पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्