
काठमाडौं । महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहमाथि माइक र नेमप्लेट प्रहार भएको छ ।
बुधबार समितिको कार्यकक्षमा बैठक जारी रहँदा नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले सभापति साहमाथि माइक र नेम प्लेट प्रहार गरेकी हुन् ।
समिति बैठकमा ढिला पुगेकी उनले अनुमति नपाएरै बोल्न थालेपछि रोक्न खोज्दा आफुमाथि माइक र नेमप्लेट प्रहार भएको सभापति साहले बताए । उद्यपी माइक र नेमप्लेटले आफुलाई नलागेको उनले बताए ।
उनले भने, ‘माननीयज्यू ढिलो आउनुभएको थियो । ढिलो आएर अनुमतिबिनै बोल्न थालेपछि मैले तपाईंलाई बोल्न अनुमति छैन भनेको मात्रै के थिएँ, म भएकोतिर माइक फाल्नुभयो । माइक मतिर फालेपनि म भएतिर आएन, सांसदहरू भएतिर गयो ।’