
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोली रुकुम पूर्व पुगेको छ । अध्यक्ष प्रचण्डसहितको टोलीले आज बिहान रूकुम पूर्वको भूमे गाउँपालिकामा सञ्चालित मारिन बहुउद्देश्यीय सहकारी संस्थाअन्तर्गतको अर्गानिक सहकारी मार्टको अवलोकन गरेको छ ।
सो क्रममा उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन सहयोग पुयाउँदै आएको जानकारी सहकारीका अध्यक्ष रामेश्वर बुढामगरले गराएका थिए ।
प्रचण्डको निजी सचिवालयका अनुसार बुढामगरले स्थानीय रूपमा उत्पादन हुने जैविक वस्तुको माग उच्च रहेकाले त्यसअनुसार उत्पादन बढाउन आफूहरु क्रियाशील रहेको बताएका थिए ।














