Logo
Logo

प्रचण्ड भन्छन्- बाबुराम बुद्धि नभएका डाक्टर


630
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईको कडा आलोचना गरेका छन् । बुधबार रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले ‘सबैभन्दा बुद्धि नभएका डाक्टर’ भनी बाबुरामको कडा आलोचना गरेका छन् ।

बाबुराम भट्टराईसँग पार्टी एकता सम्भव छ ? भन्ने पत्रकारको प्रश्नमा आक्रोशित हुँदै भने, ‘सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले । त्यस्तासँग के गरी एकता गर्ने?’ उनले पार्टी एकता गर्ने भनेरै गत निर्वाचनमा आफू बाबुरामको निर्वाचन क्षेत्र गोरखाबाट उठेको तर पछि भट्टराईले कम्युनिस्ट नाम सुन्नै नचाहेको आरोप लगाए ।

‘गोरखाबाट लड्दा यो चुनाव मात्रै होइन, पार्टी पनि एउटै बनाउने भनिएको थियो । तर उहाँ पछि कम्युनिस्टको नामै सुन्न चाहनुभएन । कम्युनिस्ट पार्टीको नाम राख्ने हो भने म एकता गर्दिनँ भनेपछि के गर्ने ? बाबुरामका लागि मर्ने ?,’ उनले प्रश्न गर्दै भने ।

साथै उनले बाबुराम खिइँदाखिइँदै देशभरी हाँसोको पात्र भएको टिप्पणी गरे । ‘कम्युनिस्ट पार्टी नभन्ने, माक्र्सवाद नभन्ने रे त्यस्तोसँग के गरी एकता गर्ने ? खिइँदाखिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नुभएको छ,’ उनले भने, ‘प्रतिक्रियावादीले पनि पत्याउँदैनन् आजभोलि । हाँसोको पात्र भएका छन् बाबुराम देशभर । कस्तो बुद्धि नभएको डाक्टर ।’

प्रतिक्रिया दिनुहोस्