काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव कार्यान्वयन गर्न ‘आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२’ स्वीकृत गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले यो कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको हो ।

पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावलाई कार्यान्वयन गर्न उक्त कार्ययोजना तयार गरिएको थियो । यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। सो बैठकले विभिन्न ९ वटा महत्त्वपूर्ण निर्णयहरू गरेको सरकारले जनाएको छ ।















