Logo
Logo

इन्टरनेट सेवा प्रदायकलाई १५ दिने अल्टिमेटम : बक्यौता नतिरे कारबाही


315
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ७३ इन्टरनेट सेवा प्रदायक कम्पनीलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको बक्यौता १५ दिनभित्र बुझाउन निर्देशन दिएको छ । क्लासिक टेक, डिस मिडिया नेटवर्क, ब्रोडब्यान्ड नेपाल, ब्रोडलिंक नेटवर्क, वेबसर्फर नेपाललगायतका कम्पनीले लेखा परीक्षण विवरण र बक्यौता रकम समयमा नबुझाएको प्राधिकरणले जनाएको छ ।

पटक–पटकको सूचना र पत्राचारका बाबजुद बक्यौता नबुझाएको भन्दै प्राधिकरणले तोकिएको समयसीमाभित्र रकम र कागजात नबुझाए दूरसञ्चार ऐन, २०५३ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्