Logo
Logo

नक्कली प्रमाणपत्र प्रयोग गर्ने नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा


1.6k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा कार्यरत नायव सुब्बा पूर्णसिंह विष्टविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

The current image has no alternative text. The file name is: Akhtiyar.jpg

विष्टले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी डोटीको दिपायल सिलगढी नगरपालिका-५ पुन्नामा रहेको प्रतिष्ठानमा नासु पदमा नियुक्ति लिएको आरोपमा मुद्दा दायर गरिएको हो । 

विष्टले प्रतिष्ठानमा नियुक्ति लिन एसएलसीको नक्कली प्रमाणपत्र पेस गरेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीको आधारमा अनुसन्धान हुँदा विष्टले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश अन्तर्गतको जीएनके इन्टरमिडियट कलेज, कानपुरबाट हाइस्कुल उत्तीर्ण गरेको भनी झुट्टा प्रमाण९पत्र पेस गरेको पाइएको अख्तियारको आरोप छ ।

विष्टले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलबाट कार्यालय सहायक (सहायक द्वितीय प्रशासन)पदमा नियुक्ति लिएका थिए । कैद र जरिवाना मागदाबीसहित उनीविरुद्ध बिहीबार विशेष अदालतमा आरोपपत्र दायर भएको हो । 

प्रतिक्रिया दिनुहोस्