Logo
Logo

सगरमाथा आरोहण गरी फर्किएका प्रहरी दन्तबहादुर छत्यालको बढुवा 


2k
Shares

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्किएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई सशस्त्र प्रहरी नायब निरीक्षक पदमा पदोन्नति गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले उनको साहसिक कार्यको कदर गर्दै एक तह बढुवा गरेको हो । 

जेठ ८ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले छत्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सगरमाथा आरोहणको सफलताका लागि बधाई दिए । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीका कर्मचारीहरूमा सगरमाथा आरोहण गर्न सक्ने आत्मविश्वास र साहसले सबैलाई प्रेरणा मिल्ने बताए । उनले यस्ता कार्यले व्यक्तिको मात्र नभई संगठन र देशको नाम पनि विश्वमाझ उच्च रहने उल्लेख गरे । 
 
महानिरीक्षक अर्यालले सगरमाथासहित अन्य हिमाल आरोहण गर्ने आँट र हौसला सबैमा होस् भन्दै आगामी वर्षदेखि सशस्त्र प्रहरी बलका सबै प्रदेश कार्यालयहरूमा हिमाल आरोहण अभियान सञ्चालन गर्ने योजना रहेको बताए । 

छत्यालले गत जेठ ४ गते बिहान ९:२० बजे सगरमाथाको शिखरमा ‘सगरमाथा संवाद’को सन्देशसहित सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए। उनी सगरमाथा आरोहणका लागि वैशाख १५ गते प्रस्थान गरेका थिए ।  यो सफलताले सशस्त्र प्रहरी बल र नेपालको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्