Logo
Logo

हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा ट्रम्पले लगाए रोक


567
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना रद्द गरेको छ ।

विगत केही दिनदेखि हार्वर्ड र सरकारबीच विदेशी विद्यार्थीहरूसँग सम्बन्धित रेकर्डलाई लिएर विवाद बढेपछि बेला ट्रम्प प्रशासनले विदेशी विद्यार्थी भर्ना कार्यक्रम तत्काल रद्द गर्न गृह सुरक्षा विभागलाई आदेश दिएको हो ।

हाल, उक्त विश्वविद्यालयमा ६ हजार ८ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताइन्छ । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले ती सबै विदेशी विद्यार्थीलाई अन्य संस्थामा स्थानान्तरण गर्न भनेका छन् । अन्यथा, उनीहरूले देश छोड्नु पर्ने हुन सक्ने समेत अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

विगत केही दिनदेखि हार्वर्ड र सरकारबीच विदेशी विद्यार्थीहरूसँग सम्बन्धित रेकर्डलाई लिएर विवाद चलिरहेको छ । गृह सुरक्षा विभागले अप्रिलमा हार्वर्डलाई अप्रिल ३० सम्ममा विदेशी विद्यार्थीहरू संलग्न गैरकानूनी र हिंसात्मक घटनाहरूको पूर्ण रेकर्ड उपलब्ध गराउन भनेको थियो । तर, विश्वविद्यालयले उपलब्ध गराएको रेकर्डसँग प्रशासन सन्तुष्ट छैन ।

यता हार्वर्डले भने विज्ञप्ति जारी गर्दै ट्रम्प प्रशासनको उक्त कदमलाई गैरकानूनी भनेको छ । ‘हार्वर्डमा १४० भन्दा बढी देशका विद्यार्थीहरू छन् । हामी अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई भर्ना गर्ने हाम्रो क्षमता कायम राख्न पूर्ण रूपमा प्रतिबद्ध छौं,’ हार्वर्डले भनेको छ ।

यस आदेशविरुद्ध विश्वविद्यालयले अदालतमा मुद्दा पनि दायर गरेको छ । विश्वविद्यालयले ट्रम्प प्रशासनले राजनीतिक दबाब सिर्जना गरेर शैक्षिक कार्यलाई नियन्त्रण गर्न चाहेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्