Logo
Logo

जेठ १२ गते माओवादीसँग एकता गर्दै नेसपाको गङ्गानारायण समूह


3.6k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी(नेसपा)को गङ्गानारायण श्रेष्ठ समूहले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ । अध्यक्ष महिन्द्र राय यादव यथास्थितीमा माओवादीसँग एकता नगर्ने पक्षमा पुगेपछि श्रेष्ठ समूहले यहि जेठ १२ गते माओवादीमा समाहित हुने तयारी गरेको हो ।

माओवादीसँग एकता गर्नेबारे निर्णय गर्न श्रेष्ठ समूहले जेठ ११ गते केन्द्रीय समतिको विस्तारित बैठक बोलाएको छ । यसअघि ०८० साल चैत ३ गते महिन्द्र रायसहितको समूहले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो ।

महिन्द्र पक्षले कोष्ठमा रहेको माओवादी हटाइएमात्र एकता सम्भव हुने बताउँदै आएको छ । तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी हटाउन सहमत नभएपछि तत्काल एकता प्रक्रियामा सहमत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्