Logo
Logo

सरकारले पाँच सार्वजनिक संस्थान खारेज गर्ने


16.1k
Shares

काठमाडौं । सरकारले आगामी एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गर्ने कार्ययोजना स्वीकृत गरेको छ । खारेज हुने संस्थानहरूमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र, नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल र नेपाल ओरियन्ड म्याग्नेसाइट छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार स्वीकृत गरेको कार्ययोजनाअनुसार यी संस्थानको सम्पत्ति नेपाल सरकारको नाममा ल्याई व्यवस्थापन गरिनेछ । यो कार्यको जिम्मेवारी अर्थ मन्त्रालयलाई दिइएको छ भने अनुगमन प्रधानमन्त्री कार्यालयले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्