Logo
Logo

घुमुवा प्रहरीको कोठामा एक किलो सुन भेटियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ साउन ।
सुन तस्कर समूहलाई भगाएको आरोप लागेका महानगरीय प्रहरी वृत्त दरबारमार्गका घुमुवा प्रहरी प्रसन्न श्रेष्ठको कोठाबाट एक किलो सुन बरामद भएको छ । बागबजारबाट शुक्रबार एक किलो सुन बरामद भएको हो ।

Gold bars

गत मंगलबार भएको अप्रेसनमा सुन तस्करलाई भगाएको आरोप लागेको थियो । मिलेमतोको आशंकामा जवान श्रेष्ठ र अर्का जवान बहादुरसिंह कडायतलाई नियन्त्रणमा लिएर छानबिन गरीरहेको छ । कमजोर कमाण्डका कारण यस्तो घटना भएको भन्दै दरबारमार्ग वृत्तका डिएसपीलाई हटाइएको छ ।
सो घटनाका नाइके इल्ताफ अन्सारी भएको खुलेको छ तर उनी फरार छन् । हालसम्म सो गिरोहका पाँच जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्