Logo
Logo

सवारी चालक अनुमति पत्रको छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने 


1k
Shares

काठमाडौं । सवारी चालक अनुमति पत्रको छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ ।  यातायात व्यवस्था विभाग र केन्द्रबिच शुक्रवार समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको मुद्रण केन्द्र मार्फत चालक अनुमति पत्र छपाई गर्ने भएको हो । 

नवीकरण गरिएको समेत लामो समय सम्म सवारी चालक अनुमति पत्र नपाउँदा सर्वसाधारणले समस्या भोग्नु परेको भन्दै यसको समाधान खोज्न भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले विभागलाई पटक पटक निर्देशन दिएका थिए । 

सरकारी निकायहरू बिचमा नै सहकार्य गरी सवारी चालक अनुमति पत्र छपाइको विकल्प खोजी गर्ने क्रममा केही दिनअघि दुवै मन्त्रालयका सचिव सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङबिच छलफल समेत भएको थियो ।

दुई सरकारी निकाय बिचको सहकार्यले सवारी चालक छपाई कार्य चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको छ । दुवै पक्ष बिच भएको समझदारी अनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्त भित्रमा प्रथम चरणको छपाई गरी विभागलाई हस्तान्तरण गर्ने छ । 

प्रतिक्रिया दिनुहोस्