Logo
Logo

बाँके मालपोत कार्यालयका खरिदार घुससहित पक्राउ


1.3k
Shares

बाँके ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोहलपुरस्थित मालपोत कार्यालयमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेलाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । पाण्डेसहित लेखापढी व्यवसायी शान्ति पुन र रेस्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई पनि नियन्त्रणमा लिइएको छ ।

The current image has no alternative text. The file name is: ghush-pakrau.jpg

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार खरिदार पाण्डेले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा आयोगको टोलीले कारबाही गरेको हो । पाण्डेले लेखापढी व्यवसायी पुनमार्फत उक्त रकम लिई कोहलपुर नगरपालिका-११ स्थित तिवारी रेस्टुरेन्टमा राख्न लगाएका थिए ।

नेपालगञ्जबाट खटिएको आयोगको टोलीले तिवारी रेस्टुरेन्टबाट पाण्डे, पुन र रेस्टुरेन्ट सञ्चालक तिवारीलाई नियन्त्रणमा लिएको प्रवक्ता पौडेलले बताए। पक्राउ परेका तीनै जनामाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्