Logo
Logo

शिखर इन्स्योरेन्सलाई ‘डबल ए’ रेटिङ, उक्लियो उत्कृष्ट कम्पनीहरुको सूचीमा


378
Shares

काठमाडौं । शिखर इन्स्योरेन्सले इक्रा नेपालबाट ‘डबल ए’ रेटिङ प्राप्त गरेको छ । बीमा व्यवसायको आधारमा शिखर इन्स्योरेन्स पहिलो नम्बरको कम्पनी हो। यससँगै नेपाल सरकार तथा बैदेशिक लगानी रहेको कम्पनीहरुबाहेकका कम्पनीहरुमा ‘डबल ए’ रेटिङ वा सोभन्दा उच्च क्रेडिट रेटिङ प्राप्त गर्ने शिखर इन्सुरेन्स एक्लो कम्पनी बनेको छ ।

इक्रा नेपालले सन् २०२० को फ्रेबुअरीसम्मको वित्तीय विवरण विश्लेषण गरेर रेटिङ गरेको जनाएको छ। कम्पनीको जोखिम, मुनाफा र तरता लगायतका वित्तीय विवरण अध्ययन गरेर सार्वजनकि गरेको रेटिङअनुसार शिखर इन्स्योरेन्सले डबल ए प्राप्त गरेको जनाइएको छ।

यसअघि नेपालमा सरकारको स्वमित्व रहेको दुई निकाय र वैदेशिक लगानी रहेको तीनवटा बैंकले मात्र ‘डबल ए’ वा सो भन्दा बढी रेटिङ पाएका छन् । रेटिङका क्रममा इक्रा नेपालबाट कम्पनीको निम्न सबल पक्षहरुको विश्लेषण गरिएको छ ।

शिखर इन्स्योरेन्सले नेपालको बीमा क्षेत्रमध्यकै सबैभन्दा अधिक रकम तथा सबैभन्दा अधिक मात्राको महाविपत्ति पुनर्वीमा व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

अन्तराष्ट्रिय रुपमै अग्रणी पुनर्वीमा कम्पनीहरुको साथ पाएको शिखर इन्स्योरेन्सले आफ्ना पुनर्बीमकहरुको साथले भुकम्प तथा बाढी पीडित लगायतको बीमा दाबीको द्रुत गतीमा भुक्तानी गर्न सफल भएको छ । यसका साथै, शिखर इन्स्योरेन्स ISO 27001 Information Security Management System को अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त गर्ने पहिलो र एक्लो निर्जिवन बीमा कम्पनीका रुपमा समेत रहेको छ ।

नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको जोखिममा आधारित पँजी सम्बन्धि व्यवस्थाहरु अनुसार समेत ३.६७ को उत्कृष्ट सोल्भेन्सी अनुपातसंगै शिखर इन्स्योरेन्सले आफ्नो वित्तीय अवस्थालाई मजबुत बनाउँदै आएको छ । नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको रु.२५० करोडको न्युनतम चुक्ता पुँजी कायम भैसकेको अवस्थामा समेत नगद लाभांसको साटो बोनस शेयरको माध्यमबाट चुक्ता पुँजी थप वृद्धि गरी आफ्नो मजबुत वित्तीय अवस्थालाई कायम गर्दै आएको छ ।

विगत १० वर्षदेखि निरन्तर रुपमा नेपालको निर्जिवन बीमा क्षेत्रमा सबैभन्दा अधिक बजार हिस्सा ओगट्न सफल रहँदै आएको शिखर इन्स्योरेन्सले अन्य बीमा कम्पनीहरु एकाआपसमा गाभिएर संयुक्त कारोबार गरेको अवस्थामा समेत आफ्नो बजार हिस्सा कायमै राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्