Logo
Logo

नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : शेखर कोइराला


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताएका हुन् ।

उनले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उहाँकै नैतिकता सघाउ पुग्ने बताए । ‘नैतिकताको हिसाब म क्लिन छु । मैले राजीनामा गरे । छानबिन समिति बनाउनुस् । गर्नुहोस् तपाईँहरू भने भैहाल्यो नि’, उनले भने, ‘त्यसले मोरल स्ट्याटस देखिन्छ ।’ नेता कोइरालाले संवैधानिक निकायहरु सचिवहरुको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरूको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्