Logo
Logo

कांग्रेसमा सच्चा समर्पित व्यक्तिहरू कम छन् : देउवा


1.1k
Shares

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू निकै कम रहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै सभापति देउवाले स्व। रेग्मीलाई एक निःस्वार्थ, त्यागी र लोभरहित व्यक्तिको रूपमा स्मरण गरे ।

देउवाले पार्टीमा यस्ता समर्पित व्यक्तित्वहरू विरलै पाइने उल्लेख गर्दै भने, “नेपाली कांग्रेसप्रति हृदयदेखि समर्पित भई पार्टीको विकास र सुदृढीकरणमा लाग्ने व्यक्तिहरू अत्यन्तै कम छन् । स्व। रेग्मीजस्ता साथीहरू हाम्रो पार्टीमा नगण्य छन्। उहाँलाई पछिल्लो समय भेट्न नपाएकोमा मलाई दुख लागेको छ ।”

सभापति देउवाले स्व। रेग्मीको योगदान र व्यक्तित्वलाई जनमानसमा उजागर गर्न उनको बारेमा लेखहरू लेख्नुपर्ने आवश्यकता औँल्याए । उनले रेग्मीको समर्पण र त्यागलाई भावी पुस्ताले प्रेरणाको रूपमा लिनुपर्नेमा जोड दिए । यो स्मृति सभामा स्व। रेग्मीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेपाली कांग्रेसका अन्य नेता तथा कार्यकर्ताहरूले पनि उनको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्