Logo
Logo

मधेस प्रदेश सरकार पनि पालो पालो नेतृत्व गर्ने समझदारी छ : गृहमन्त्री लेखक


756
Shares

जनकपुर ।  गृहमन्त्री एवं नेपाली कांग्रेसका सांसद रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार निर्माणका लागि गम्भीरतापूर्वक लागिपर्ने बताएका छन् । शनिवार जनकपुरमा आयोजित नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिको विशेष बैठकलाई सम्बोधन गर्दै उनले लामो समयदेखि कांग्रेसको नेतृत्वमा सरकार नबनेको गुनासोलाई स्वीकार गर्दै यो विषयलाई केन्द्रमा गम्भीरतापूर्वक लिइएको बताए ।

मन्त्री लेखकले अहिले नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार सञ्चालनमा रहेको उल्लेख गर्दै दुई प्रतिस्पर्धी पार्टीबीचको गठबन्धनमा केही जटिलता रहेको स्वीकार गरे । उनले भने, “संयुक्त सरकार सञ्चालनमा एकल पार्टीको सरकारमा पनि जटिलता हुन्छ, दुई प्रतिस्पर्धी पार्टीबीच त झन् केही समस्या आउँछन्। यद्यपि, हामीले सङ्घ र प्रदेशदेखि जिल्लासम्म संयुक्त संयन्त्र बनाएर अगाडि बढेका छौँ ।”

मधेस प्रदेशमा सरकारको नेतृत्व पालैपालो गर्ने समझदारीअनुसार परिवर्तन हुने उनले बताए । “मधेस प्रदेशको सरकार पनि पालोअनुसार परिवर्तन हुन्छ,” उनले थपे । साथै, पछिल्लो १० महिनामा देशको अर्थतन्त्रमा उल्लेखनीय सुधार भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्